तालिबानले सत्ता कब्जा गरेको पृष्ठभूमिमा रुसी राष्ट्रिय सुरक्षा सल्लाहकार निकोले पात्रुसेभले आफ्ना भारतीय समकक्षी अजित डोभालसँग नयाँ दिल्लीमा भेट गरेका छन् । बैठकमा केन्द्रीय विदेश मन्त्रालय, रक्षा मन्त्रालय र सुरक्षा निकायका प्रतिनिधिहरू पनि सहभागी थिए।
यो बैठक २४ अगस्टमा प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन वार्ताको परिणामका रूपमा हेरिएको छ ।
गत साँझ तालिवानले अन्तरिम सरकार गठनको घोषणा गरेको थियो । मन्त्रिपरिषद्को संरचनाले धेरै देशहरूमा चिन्ता बढाएको छ।
तालिबानका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले मन्त्रिपरिषद्का सदस्यहरूको सूची घोषणा गरेका छन्। यस मन्त्रिपरिषद्मा कुनै पनि महिला वा अल्पसंख्यक समुदायका सदस्यले स्थान पाएनन्।
मुल्ला हसन अखुन्द नयाँ कार्यवाहक प्रधानमन्त्री बनेका छन् भने अफगानिस्तानको इमिरेट्सका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बिरादार छन् ।
सिराजुद्दीन हक्कानी तालिबान मन्त्रिपरिषद्मा आन्तरिक मन्त्रालय र गुप्तचरको जिम्मेवारीमा छन्। मुल्ला याकुब रक्षामन्त्री हुन् ।
उल्लेखनीय छ कि आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीलाई विश्वव्यापी आतंकवादी घोषित गरिएको छ।
***